प्रतितोला ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, २६ माघ । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तजावी सुनको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले नै बढ्यो ।

शुक्रवार प्रतितोला ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७५ हजार ७०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घट्यो ।

शुक्रवार प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here