ग्लोबल आईएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो

काठमाडौं, २६ माघ । जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार बैंकले नाफा ३७ प्रतिशत बढाएको छ । पुससम्म बैंकले १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ बढी हो।

मर्जरअघिसम्म जनता बैंकले कमाएको नाफा सहित बैंकको खुद नाफा भने २ अर्ब १३ करोड ७२ लाख रुपैयाँ रहेको छ। मर्जरअघिसम्ममा जनता बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब २० करोड ८५ लाख रुपैयाँ लाभांश बाड्न सक्ने छ ।

कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ रहेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा ०.७५ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २० करोड ८५ लाख रुपैयाँ रहेको छ।

६ महिनामा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो ।

प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा छ । बैंकको निक्षेप लागत ६.७९, सीसीडी ७८.९८, आधारदर ९.६४ र स्प्रेड ५.३१ प्रतिशत छ । बैंकका सञ्चित कोषको आकार बढेर ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here