नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य, कप्तान मल्लको अर्धशतक

फाइलफोटो

काठमाडौं, २६ माघ । आईसीसी विश्कप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले ओमानलाई रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसमक्ष २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन जोडे। नेपालका लागि सिरिजकै सर्वाधिक रन बनाउने क्रममा मल्लले ७६ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए ।

पूर्व कप्तान पारस खड्काले ३८ रन, बिनोद भण्डारीले ३५ रन बनाउँदा कुशल मल्ल र आरिफ शेखले पनि समान २८ रन जोडे।

सुवास खकुरेलले २२ जोड्दा करण केसीले १० रन बनाए। पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपाललाई आजको खेलमा जित निकाल्ने अवसर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here