ब्रेकफास्ट ‘सिरियल्स’भन्दा पिज्जा स्वस्थकर

राती ढिलोसम्म साथीभाईसँग मस्ती गरेपछि भोलीपल्टको अल्छीलाग्दो विहानमा बेलुका बँचेखुचेको पिज्जाको टुक्रा खाएर पेट भर्ने धेरैको बानी हुन्छ ।

हुन त हेल्थ कन्सस केहीले विहानै हेभी पिज्जा ब्रेकफास्टको रुपमा खानु अस्वस्थकर हुने सोच्छन् । तर, धेरैले भने स्वास्थ्यको ख्याल नगरी भोक मेटाउने एकमात्रै विकल्पको रुपमा विहानै चिल्लो र धेरै चीजयुक्त पिज्जा खाइदिन्छन् ।

तर हालसालै एक पोषणविद्ले तपाईंलाई पिज्जा खान अगाडि आफूले अस्वस्थकर खाना पो खाइरहेको छु कि भन्ने पछुतोबाट मुक्त गरिदिने खालको सुखद खबर अगाडि ल्याएकी छिन् ।

तपार्ईं यो कुरा थाहा पाएर अचम्ममा पर्न सक्नुहुन्छ कि औसत पिज्जाको टुक्रा र एक कचौरा दुध सहितको ‘सिरियल्स’मा करीब बराबर क्यालोरी हुन्छ ।

सिरियल्स

पोषणविद् चेल्से अमेरका अनुसार पिज्जामा ‘सिरियल्स’मा भन्दा प्रोटिनको मात्रा भने धेरै हुन्छ जसले तपाईंको पेटलाई भरिदिन्छ र उर्जा दिन्छ ।

ब्रेकफास्टको रुपमा मानिसको दराजभरी हुने विभिन्न खालका गुलिया खानेकुराहरुले सुगर लेभल बढाएर धेरै समस्या निम्त्याउन सक्छ । तर, चिल्लो र पिज्जामा भएको प्रोटिनले भने पेटलाई भरी बनाउँछ र भोक लाग्न दिँदैन ।

यो खबर धेरै मानिसहरुको लागि खुशीको खबर बनेर आए पनि अचम्म मान्नुपर्ने खालको छैन । यो सूचनाले पिज्जालाई स्वस्थ ब्रेकफास्ट कै रुपमा खान त सुझाउँदैन तर, चिनीको मात्रा धेरै अन्य विभिन्न ब्रेकफास्ट ‘सिरियल्स’ भन्दा राम्रो हुनसक्ने बताएको छ ।

‘सिरियल्स’का डाइहार्ड फ्यानले पनि चिन्ता लिनुपर्दैन । अमेरले साबुत अनाज युक्त ‘सिरियल्स’ खान सल्लाह दिएकी छिन् जसमा पाँच ग्राम भन्दा कम चिनी होस् र कम्तीमा पाँच ग्राम फाइबर होस् ।

उनले ‘सिरियल्स’लाई प्रोटिन स्रोतहरु दही, बदाम, दुधका साथै भिटामिन र मिनरल्सको लागि केही फलफूलहरु पनि मिलाएर खान सल्लाह दिएकी छिन् ।

बिहानै धेरै चिल्लो खानेकुरा खाने बारेमा भने भोकै बसेर कमजोर हुनुभन्दा आफ्नो भोक मेटाउन राम्रो हुने उनको विचार छ ।

अब, पोषणविद्ले नै यति भनिदिएपछि बिहानै पिज्जा खान के को डर ?

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here