एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले सुरु गरे संयुक्त घुम्ती बीमा सेवा

काठमाडौं, २७ माघ । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा शुभारम्भ गरेका छन्।

ग्राहकलाई घरदैलो बाटै बीमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बीमा सेवा संचालन गरिएको कम्पनीले जनाएको छ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ग्राहकको चाहना बमोजिम भविष्यको लागि वचत तथा जीवन सुरक्षाका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए।

कार्यक्रममा एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनीमार्फत घुम्ती बीमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here