१४ करोड ८९ लाख तलब खाने बैंकरले स्यान्डविच चोरेपछि…

काठमाडौं । मानिसलाई असन्तुष्ट प्राणिको रुपमा मानिन्छ । आफूसंग मनग्य सम्पत्ति वा अन्य कुनै सामग्री भएपनि आरुको सामानमा आँखा लगाउने बानी धेरै मानिसको हुन्छ ।

यस्तै प्रकारको घटना भयो भारतिय मुलका चर्चित बैंकर पारस साह ।

स्टाफ क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा एक उच्च बैंकरलाई कम्पनीले निलम्बित गरेको छ । युरोप, मध्य पूर्व र अफ्रिकाका लागि सिटी ग्रुपको उच्च ब्राण्ड ट्रेडिगको प्रमुखको रुपमा काम गर्ने पारश साहलाई निलम्बन गरिएको हो।

उनी यूरोपको सबैभन्दा ठूला क्रेडिट व्यापारीमध्ये एक हुन् । उनी सिटी बैंकका एक वरिष्ठ अधिकारी पनि हुन् ।

३१ वर्षीय पारस साहको वार्षिक आम्दानी १४ करोड ८९ लाख १४ हजारभन्दा बढी थियो । चोरेको आरोप लागेपछि बैंकले जागिरबाट निकालेको छ । कहिले र कति पटक पारसले क्यान्टिनबाट खाना चोरेको हो भने स्पष्ट भएको छैन ।

यो घटनापनि शाहको पक्ष र विपक्षमा वहस भईरहेको छ । कसैले सानो कुरामा पनि यतिठुलो मानिसलाई त्यसै बदनाम गरियो भनेका छन् भने कसैले सानो चोरेपनि चोर र ठुलो चारेपनि चोर हो भन्ने कुरा गरेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here