नेपाली लिन फागुन ३ गते चीन जाँदै नेपाल एयरलाइन्स

फाइलफोटो

काठमाडौं, २७ माघ । चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहलाई ल्याउनको लागि नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान जाने भएको छ ।

पर्यटन मन्त्रालयको अनुसार एयरबस ३३० आगामी फागुन ३ गते चीन जानेछ ।

मन्त्रालयको अनुसार चीनको वुहानबाट करिब १८० जना नेपालीहको उद्धार गरिनेछ ।

वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here