आज टेडी डेः कसले बनायो सुरुमा, कहाँबाट सुरु भयो ?

काठमाडौं । भ्यालेन्टाईन विक अन्तर्रगतको एक दिन टेडी डे हो । यो दिन आफ्नो पार्टनरलाई टेडी बियर दिएर मनाईने गरिन्छ ।

टेडी बियरको कहानी अमेरिकाबाट सुरु भएको हो । जब मिसीसिपी र लुसियानाको बिचमा भएको सिमा बिबाद एक चरम अवस्थामा पुग्यो । ठिक त्यही समयमा अमेरिकीकाका २६ औं राष्ट्रपति थेयोडोर रुजवेल्ट र मिसीसिपी जङ्गलको भ्रमणमा गए ।

उनीहरुले जङ्गलमा एउटा घाईते अवस्थामा रहेको भालु रुखमा बाँधीएको अवस्थामा थियो । रुजवेल्टले त्यो भालुलाई डोरीबाट स्वतन्त्र त बनाईदिए तर भालु पिडामा छट्पटाईरहेको कारण त्यसलाई गोली हानेर मार्ने आदेश दिईयो ।

यस घटनाले अमेरिकमा धेरै चर्चा पायो । यस घटनामा आधारित भएर उक्त भालुकै आकारको एउटा कार्टुन अमेरिकाको प्रतिष्ठीत अखबारमा छापियो ।

पछि त्यो कार्टुनलाई धेरै मानिसहरुले मन पराए र यहीबाट नै टेडी बियरको सुरुवात भएको हो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here