धितोपत्र बजारः नेप्से साढे ४ अंकले बढ्दा ९३ करोडको कारोबार

काठमाडौं, २७ माघ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचकमा सोमवार भने केही सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.२८ अंकले बढेर १ हजार ३ सय २४.२६ अंकमा पुगेको छ ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखियो । आज सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेर २ सय ८१.६२ अंकमा पुगेको छ ।

सोमवार कारोबारमा आएका मध्ये जलविद्युत, फाइनान्स, जीवन बिमा र समुकि लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको शेयर १.३८ अंकले बढ्यो । त्यस्तै, निर्जीवन बिमा समुहको १.२३ प्रतिशत, ट्रेडिङ समुहको १.०६ प्रतिशत बढ्यो भने अन्य समुहको पनि बढ्यो ।

सोमवार १ सय ७५ कम्पनीको २३ लाख ६० हजार ५ सय ८४ कित्ता शेयर १० हजार ९ सय ७९ पटक किनबेच हुँदा ९३ करोड २० लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सिभिलको शेयर मूल्य ८.१० प्रतिशत बढ्यो । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ६.०८ प्रतिशत बढ्यो बने अन्य समुहको पनि बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एभरेष्ट बैंकका शेयर धनी छन् । बैंकको शेयर मूल्य ७.३६ प्रतिशत घट्यो । त्यस्तै, सर्पोट लघुवित्तको ६.३९ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै करोबार शिभम् सिमेन्ट कम्पनीले गर्यो । कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here