पूर्व सचिव कार्कीकी पत्नीको हत्यामा कामदारकै हात

काठमाडौं, २७ माघ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्यामा कामदारको संलग्नता भएको खुलेको छ ।

सिसिटिभी फुटेजमा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुना कार्कीको हत्या गरेको पाइएको हो।

घटनास्थलबाट प्रहरीले भाँचिएको अवस्थामा प्लाष्टिकको पिर्कासमेत बरामद गरेको छ।

पूर्वसचिव कार्कीको घरमा चौधरी नाइलनको डोरीको पासो लगाएर आत्महत्या गरेका थिए। श्रीमती मुना कार्की अचेत अवस्थामा भान्छाकोठामा फेला परेकी थिइन्।

मुनाको हत्या प्रयास भएपछि अर्धचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उपचारको लागि स्टार अस्पताल लगिएको मुनालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

पूर्वसचिव भने पूजा गर्न बिहानै पशुपति गएका थिए। घरमा भएका कार्कीका एक छोरा पनि स्कुल गएको प्रहरीले जानकारी दिएको छ। कार्कीका दुई छोरी भने विदेशमा नै बस्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here