रेडक्रसले ५ सय वढी परिवारलाई राहत सामग्री बाँढ्यो

काठमाडौं, २३ चैत । बारा र पर्सा जिल्लामा हावाहुरीले पारेको विपद्बाट घर पूर्णक्षति भएका ५ सय ३५ परिवारलाई नेपाल रेडक्रसले तत्कालको सहयोगस्वरुप गैरखाद्य सामग्री बाँडेको छ ।

राहत वितरणबाट २ हजार ६ सय भन्दा बढी मानिस प्रत्यक्ष लाभान्वित भएको रेडक्रसले बताएको छ । वितरित हरेक सेटमा त्रिपाल, सारी, पुरुषको धोती एकएक थान, कम्बल दुई, अन्य कपडाहरु १६ मिटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी र १० मिटर डोरी रहेका छन् ।

यसका अतिरिक्त ६ सय १२ परिवारलाई तारपोलिन तथा डोरी, १ सय वटा वस्ने म्याट्रेस र ४० वटा कम्मल पनि वितरण गरिएको पनि रेडक्रसले जानकारी दिएको छ ।

तयारी खाना भने ३ सय ६४ परिवारलाई वितरण गरिएको छ ।

स्वास्थ्य अवस्थालाई ध्यानमा दिई १० हजार थान साबुन, पानी सुद्धिकरणको लागि १ लाख वटा ट्यावलेट, पानी राख्ने बाल्टी, सरसफाईका अन्य सामग्री ५ सय सेट र २० वटा आपत्कालीन चर्पी पनि प्रभावित क्षेत्रमा पठाइएको छ । ५ सय झूल वारामा पठाइएकोमा १ सय परिवारलाई वितरण गरिएको छ ।

प्रारम्भिक सर्वेक्षण अनुसार हावाहुरीले २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । मोबाइल एप्लिकेशनको प्रयोग गरी संकलन गरिएको तथ्याँकअनुसार बारामा १ हजार ८ सय ९५ घर र पर्सामा ५ सय ९ घर नराम्ररी प्रभावित भएका छन् । विस्तृत सर्बेक्षणको लागि बारा र पर्सा दुवै जिल्लामा तालिम सम्पन्न भैसकेको र पर्सामा सर्वेक्षण एकुदुई दिनमा सकिने रेडक्रसको भनाइ छ ।

रेडक्रसका ९९ स्वयंसेवक फिल्डमा खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here