गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड

काठमाडौं, २८ माघ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ग्लोबल आइएमई बैंकले एक करोड रुपैया सहयोग प्रदान गरेको छ ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा सोमबार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोगको घोषणा गरेका हुन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो । यस्तै सोमबार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणको लागी पनि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड ईटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले सोमबार आयोजित एक कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here