सावधान ! चुमेर माया गर्नु बालबालिकाको लागि घातक

काठमाडौं । हामीमध्ये धेरैजनाले आफ्नो प्रेम व्यक्त गर्न चुमेर माया गर्ने गर्छौं । आफूभन्दा साना भाईबहिनी होस् या आफ्ना प्रेमी प्रेमीकासँग, प्रेम साँट्दा चुमेर माया गर्ने बाँनी धेरैमा रहेको छ ।

धेरैलाई थाहा नहुनु सक्छ चुमेर माया गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ । बालबालिकाको लागि भने चुमेर चुम्बन गर्नु प्राणघातक सरह नै मानिन्छ । आफ्ना सन्तान प्रति माया दर्शाउनका लागि कतिपय आमाबाबुले चुम्बन खाइरहने गर्दछन ।

पहिले सामान्यतया बच्चाको गालामा चुम्बन गर्ने गरिन्थ्यो भने, अहिले बालबालिकाको ओठमा चुम्बन गर्ने चलन बढ्दो छ ।

तर कतिपयले बच्चाको निधारमा समेत्त चुम्बन गर्न मन पराउँछन । विज्ञानका अनुसार मान्ने हो भने हामीले सामान्यतया हात मिलाउनुको सट्टा नमस्कार गर्ने बानी बसाल्न सक्ने हो भने धेरैं सरुवा रोगहरुबाट बच्न सकिन्छ ।

घटना हो अमेरिकाको लोवाको । त्यहाँका एक जोडीको घरमा छोरीले जन्म लिएपछि उनीहरुको खुसीको सीमा रहेन । उनिहरुले पालैपालो पटक- पटक चुमेर चुम्बन गरे । तर, भर्खरै मात्र आफ्नो छोरीलाई जन्म दिएकी निकोलले सपनामा पनि सोचकी थिइनन् होला कि उनले आफ्नो बच्चालाई यस्तो कारणले गुमाउनु पर्नेछ ।

मारियानाले बिस्तारै हलचल गर्न छाडिन् र केही खाइनन् पनि । यो देखेर आत्तिएका बाबुआमाले तुरुन्तै उनलाई अस्पताल लगे । तर, चिकित्सकहरुको कुरा सुनेर भने दुवै अश्चर्यमा परे ।

चिकित्सकका अनुसार मारियाना मेन्जाइटिस एचएसभी वान नामक इन्फेक्सनको शिकार भएकी रहिछन् । चिकित्सकले यसको कारण बताउदै भने कि कसैले उनलाई चुम्बन गर्दा यो इन्फेक्सन भएको हो ।

यो सुनेर उनीहरु दुवै चकित भए । घरमा थुप्रै पाहुनाहरु आएकाले सबैले मारियानालाई चुम्बन नगर्ने कोही थिएन ।

त्यसपछि मारियानाको हालत झनझन् बिग्रँदै गयो । उनलाई श्वास लिन निकै गाह्रो भइरहेको थियो । इन्फेक्सनका कारण उनको शरीरभित्र रगत थामिन छाड्यो र आखिरमा उनको किड्नी, लिभर हुँदै दिमागले काम गर्न छाड्यो ।

जम्मा १८ दिनकी मारियानालाई चिकित्सकले मृत घोषित गरिदिए । यस दुखद् घटनाले मारियानाको आमाबाबुलाई स्तब्ध बनायो । सानो लापरवाहीका कारण आफ्नी १८ दिनकी छोरी गुमाउनु परेपछि उनीहरु अहिले पछुताइरहेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here