बालबालिकाको अगाडि प्रयोग गर्ने शब्दले कस्तो असर गर्छ ?

काठमाडौं । सबै अभिभावकहरु आफ्ना बालबालिकाका अगाडि धेरै बोल्ने गर्न प्रोत्साहन गरिरहेका हुन्छन् ।

बच्चाहरुले हामीले बोलेको धेरै सुनिरहँदा यसले बौद्धिक क्षमता बढाउने र आइ–क्यु पनि वृद्धि गराउन सक्ने बताइएको छ । आमाबुबाले जस्तो व्यवहार देखाउँछन् बालबालिकाले पनि त्यही कुरा सिक्ने गर्छ र त्यस्तै व्यवहार देखाउने गर्छन् ।

जुन घरमा बालबालिकालाई माया र स्नेह मिल्दैन त्यस घरमा हुर्कने बालबालिकाहरू उग्र र अराजक हुन्छन् ।

कोहिकोहि आमाबाबुहरू आफ्ना बालबालिकामाथि कडा रूपले प्रस्तुत हुने गर्छन् । आमाबुबाहरूमा आफ्नो छोराछोरीले भनेको मानेनन् भने कराउने, गाली गर्ने, पिट्ने बानी हुन्छ ।

बालबालिकालाई अनुशासित बनाउने वा आज्ञाकारी बनाउने निहुँमा गरिने शब्दले नै बालबालिका मानसिक असर पैदा गराउने अध्ययनले देखाएको छ ।

यसले बालबालिकाहरूको मनोविज्ञानमा नकारात्मक असर पुग्ने कुरामा भने धेरैले ध्यान दिँदैनन् ।

जो आमाबुबा आफ्नो बालबालिकासँग कडा रूपमा प्रस्तुत हुन्छन्, उनीहरूको दिमागमा यसले धेरै नै गहिरो प्रभाव पर्छ । उनीहरूको दिमाग नकारात्मक रूपले प्रभावित हुन्छ ।

खासगरी कुनै भाइबहिनी नभएका अर्थात् जो आफ्नो आमाबुबाको एक मात्र सन्तान हुन्छन् उनीहरूको लागि घरमा यस्तो माहौल धेरै हानिकारक साबित हुन्छ ।

यसले उनीहरूको आत्मविश्वास कमजोर हुन थाल्छ र उनीहरू हीन भावनाले पनि ग्रस्त हुँदै जान्छन् ।

यति मात्रै होइन यी सबै कुराले उनीहरूको दिमागमा पनि नराम्रो प्रभाव पर्छ र कहीँ न कहीँ उनीहरू यसैकारण जीवनमा पछि पर्छन् ।

बालबालिकासँग आवश्यकभन्दा धेरै कडा भएर प्रस्तुत हुने गरिएको छ भने बालबालिका सधैँ डराइरहन्छन् । उनीहरू ससाना कुरामा पनि डराउँछन् ।

उनीहरू आफ्नै घरमा पनि असुरक्षित भएको महसुस गर्छन् । त्यसैले तपाईले आफ्नो बालबालिकालाई माया गर्नुहोस् र कुनै कुरा सम्झाउँदा सानो आवाजमा नरम भएर सम्झाउनुहोस् ।

अभिभावकले आपसी मतभेदहरुको बारेमा बालबालिकाहरुको अगाडि कुरा गर्नु हुँदैन ।

आफ्ना कुराहरु बालबालिकाहरुलाई भनेर उनीहरुबाट सहानुभूति लिने कोशिस गर्नुहुँदैन । अभिभावकले एक-अर्कालाई सम्मान गर्नुपर्छ र बालबालिकालाई पनि सम्मान गर्न सिकाउनुपर्छ ।

यदि बालबालिकामा रिसाउने, कराउने जस्ता व्यवहार देखियो भने सजग हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here