झाडुले बढारियो भाजपा: कांग्रेसले खाता खोलेन्, ६७ उम्मेदवारको जमानत जफत

काठमाडौं, २९ माघ । दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले शानदार जीत हात पारेको छ । विधानसभाका लागि भएको निर्वाचनमा फेरि पनि आम आदमी पार्टी नै सत्तामा आएको हो।

फेरि एक पटक उत्कृष्ट प्रदर्शन गर्दै ६२ सिटमा जित हासिल गरेको छ । सन् २०१५ मा तीन सिट जितेको भारतीय जनता पार्टी (भाजपा) ले यसपटक आठ सिट जितेको छ । गएको चुनावमा शून्यमा रहेको काङ्ग्रेसले यसपटक पनि खाता खोल्न सकेन ।

सन् २०१२ मा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले नयाँ पार्टीका रुपमा आम आदमी पार्टी गठन गरेका थिए। अन्ना हजारेको लोकपाल आन्दोलनका सहयोगी केजरीवालले सन् २०१३ को विधानसभा निर्वाचनमा पहिलो सफलता हात पारे।

दिल्लीमा तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजार मतले हराएर चर्चाको शिखरमा पुगेका केजरीवालले बहुमत भने ल्याउन सकेनन्। २८ सिट जितेको आम आदमी पार्टीले ८ सिट जितेको कांग्रेससँग मिलेर सरकार बनायो।

केजरीवाल मुख्यमन्त्री बने। तर गठबन्धनमा विवाद भएपछि सरकार ४९ दिनमै सरकार ढल्यो। तर सन् २०१५ मा भएको विधानसभा चुनावमा केजरीवालको पार्टीले ठुलो सफलता पायो। जीतपछि आम आदमी पार्टीका मुखिया केजरीवाल दिल्लीको सत्तामा तेस्रो पटक आउने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here