कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, ४४ हजार सङ्क्रमित

काठमाडौं, २९ माघ । कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ ।

यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई प्रान्तमा मात्रै पछिल्लो २४ घण्टामा १६ सय ३८ जना कोरोनाको संक्रमित फेला परेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here