निर्माणाधिन रंगशालामा गुञ्जियो ‘सेन्टी भाइरस’ को प्रमोशनल गीत ‘पार्टी जिताइदे’ (फोटोफिचर)

काठमाडौं । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा चलचित्र ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ ।

प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टी जिताइदे’ बोलको गीतको छायांकन गरिएको हो । निर्माण युनिटले मंगलबार छायांकन गरेको गीतमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीको झै- झगडालाई देखाइएको छ ।

‘सुविहानी फिल्मस्’को व्यानारमा धुर्मुस- सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

दीपक आचार्य र कुमार कट्टेलले लेखेको यस चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ ।

चलचित्रमा फूर्पा लामा सह-निर्माताको रुपमा छिन् । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ ।

शैलेन्‍द्र डि कार्कीले खिचेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल ‘धुर्मुस’, बुद्धि तमाङको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्रको आम्दानीबाट ५० प्रतिशत नाफा चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ ।

‘सेन्टी भाइरस’ को ट्रेलरमा यस्तो देखिए धुर्मुस-सुन्तली

‘सेन्टी भाइरस’को इन्टरनेशनल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा विक्री

निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकारबीच च्यारिटी म्याच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here