भिस्ताराको नयाँ दिल्ली-काठमाडौं उडान सुरु

काठमाडौं, २९ माघ । भारतीय वायुसेवा कम्पनी भिस्ताराले दिल्ली–काठमाडौं उडान सेवा सुरु गरेको छ ।

भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको सयुक्त लगानीमा खुलेको एयरलाइन्सले काठमाडौं उडान मंगलबारबाट सुरु गरेको हो।

कम्पनीको जहाज ए ३२० मार्फत दिल्ली–काठमाडौं उडानमा बिजनेस क्लास, प्रिमियम ईकोनोमी र ईकोनोमी क्लास रहेको छ ।

कम्पनीको दिल्ली–काठमाडौं हवाई भाडादर भने १५ हजार ८ सय रुपैयाँ रहेको छ ।

सन् २०१५ देखि हवाई सेवा सुरू गरेको यो कम्पनीमा टाटा समुहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ ।

हाल भिस्ताराले भारतको बैंगलोर, चेन्नई, हैदराबाद, मुम्बई र पुनेलगायतका शहरमा समेत आफ्नो आन्तरिक उडान गरिरहेको पत्रकार सम्मेलनमा जनाकारी दिईयो ।

सन् २०१९ को अगष्टदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको एयरलाइन्सको यो पाँचौ गन्तव्य हो। सन् २०१५ मा भारतमा आन्तरिक उडान सुरु गरेको एयरलाइन्ससँग हाल ३९ जहाज छन्।

यसबाट उसले आन्तरिक र अन्तर्राष्ट्रिय गरी ३६ गन्तव्यमा दैनिक २ सय उडान गर्दै आएको छ।

कम्पनीले उडान विस्तारले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल र्पा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here