कोरोना महामारी: एकैदिनमा २४२ जनाको मृत्यु, ४८ हजार बढी संक्रमित !

काठमाडौं, १ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।

हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको सीएनएनले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मर्नेको संख्या बुधबारमात्रै २४२ थियो भने कोरोना संक्रमित एकैदिनमा १४ हजार ८४० जना रहेको छ । चीनभरी संक्रमित हुनेको संख्या ४८ हजार २ सय ६ पुगेको छ ।

अहिले पनि ३३ हजार ६९३ जना अस्पतालमा उपचाररत छन् । ३ हजार ४४१ जनालाई भने ठीक भएको छ । कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा उपचार, रोकथामका काम थाले पनि महामारी नियन्त्रणमा आउन सकेको छैन ।

धेरै प्रयत्नकाबीच महामारी नियन्त्रणमा आउन नसकेपछि कोरोनाको अन्त्य कहिले होला भन्ने अनुमान गर्न जटिलता थपिएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here