संसारका धनी व्यक्ति जेफ बेजोसले किने साढे १८ अर्बको आलिसान महल

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति तथा अमेजनका प्रमुख जेफ बेजोसले १६.५० करोड डलर (१८ अर्ब ६४ करोड भन्दा धेरै) आलिसान महल किनेका छन् ।

अमेरिकी पत्रिका ‘वालस्ट्रीट जर्नर’ मा छापिएको सूचनाको अनुसार बेजोसले यो आलिसान घर (वार्नर एस्टेट) मिडिया कारोबारी डेविड गेफेनसंग किनेका हुन् ।

कुल ९ हेक्टरमा फैलीएको यो घर सन् १९३० मा बनाइएको थियो । बेजोसको कुल सम्पत्ति ११० अर्ब डलरभन्दा धेरै रहेको छ । उनलाई संसारकै सबैभन्दा धनी मानिस मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here