नेपाल लाइफको बीमा शुल्क अबदेखि इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं,१ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इसेवामार्फत बीमा शुल्क भुक्तानी गर्न मिल्ने बनाएको छ।

कम्पनीले इसेवा मार्फत भुक्तानीका लागि इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्‍झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै अब नेपाल लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सकिनेछ ।

यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । यो सेवाबाट नेपाल लाइफका २७ लाख भन्दा बढीको संख्यामा रहेका बीमित व्यक्तिहरू लाभान्वित हुनेछन् ।

नेपाल लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै ‘हाल जीवन बीमाको प्रिमियम बुझाउन काउण्टर अथवा एजेण्टसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको इसेवाका सापकोटाले बताए।

अबदेखि बीमितहरूले घरमै बसेर सजिलैसँग प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। देशभर करिब ८० हजारभन्दा बढि एजेन्ट(इसेवाजोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोडभन्दा बढिले सेवा लिइरहेका छन्।

इसेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको छ। इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल(कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

कम्पनीले नेपालका विभिन्न भागमा रहेका २ सयवटा शाखा तथा उपशाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले सार्वाधिक, धनवर्षा, आजीवन, म्यादीलगायतका विभिन्न जीवन बीमा योजना सञ्चालन गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here