पाल्पा चेम्बर अफ कमर्सको आयोजनामा पाल्पा महोत्सव शुरु

पाल्पा, १ फागुन । पाल्पा महोत्सव फागुन १ बाट शुरु भएको छ । उक्त महोत्सवको उद्धघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरेका छन् ।

‘पाल्पाको समृद्धिको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा २ सय ७५ भन्दा बढी स्टलहरु रहेका छन् । यस महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्री, पाल्पाली करुवा र ढाका जस्ता स्टललाई प्राथमिकता दिइएको मेला आयोजक पाल्पा चेम्बरका अध्यक्ष चिरन्जिबी पोखरेलले जानकारी दिएका छन् ।

बिभिन्न जातजातिका कला सँस्कृतिसंगै दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको मेलामा प्रस्तुती रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले महोत्सवको सफलताको कामना गर्दै सर्वसाधरणको स्वास्थ्यको विषयमा सरकार गम्भिर रहेको छ ।

स्वास्थ्य विमालाई प्रभावकारी स्पमा कार्यान्वन गरिने बताए । उपचार खर्चको अभावमा कोहि नागरिकको मृत्युको खबर सुन्न नपरोस् भन्ने वातावरण तयार गरिनेछ । यस कार्यमा उद्योगीव्यवसायीहरुको भुमिका महत्वपुर्ण रहनेछ, भन्ने बताए ।

कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कृषि र पर्यटनको प्रचुर सम्भावना भएको जिल्ला पाल्पाको ढाका कपडा र करुवाको विदेशमा निर्यात हुने गरी उद्योग व्यवसाय संचालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सोहि अवसरमा उनले पाल्पाका संमग्र कृषि उद्यमी, उद्योगी तथा व्यवसायीलाई समेटेर अघि बढ्न पाल्पा चेम्बर सक्षम रहेको तर्क पेश गरे ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्वय सोमप्रसाद पाण्डे र नारायण प्रसाद आचार्य, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टङ्क प्रसाद पोखरेल, तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, स्थानीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, जिल्लाका उद्योगी, व्यवसायी र स्थानीय सर्वसाधारणको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

मेलामा स्थानीय संस्कृति घाटु नाच, ठूलो नाँच, सोरठी, करुवा , ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखेनाच, झ्याउरे जस्ता संस्कृतिको संरक्षणको लागि समेत प्राथमिकता दिईएको जनाइएको छ । एक लाख बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त महोत्सव फागुन ११ सम्म संचालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here