हुन्डाई क्रेटाको नयाँ भर्सन इएक्स सार्वजनिक

हुन्डाई इन्डियाले लोकप्रिय कम्प्याक्ट एसयूभी कार क्रेटाको नयाँ भर्सन क्रेटा इएक्स सार्वजनिक गरेको छ ।

क्रेटा इएक्स इ सिरिज लाइनअपकै भएको र यसमा इ प्लसमा भन्दा विभिन्न नयाँ फिचर्स थपिएको कम्पनीले जनाएको छ । भारतमा यसको सुरुवाती मुल्य १० लाख ८५ हजार भारतीय रुपैयाँ रहने छ ।

पेट्रोल भेरियन्टको १० लाख ८५ हजार भारतीय रुपैयाँ र डिजेल भेरियन्टको मुल्य १० लाख ९९ हजार भारतीय रुपैयाँ रहेको बताइएको छ ।

क्रेटा इएक्समा एलइडी डीआरएल सहितको फगल्याम्प, कप होल्डर सहितको सिट आर्मरेस्ट, एडजस्टेवल हेडरेस्ट, रियर पार्किङ क्यामेरालगायत विशेषता थपिएका छन् ।

त्यस्तै ५.० टच अडियो, स्टेरिङ माउन्टेड अडियो कन्ट्रोल, म्याप ल्याम्प, सनग्लास होल्डर, युएसबी चार्जर लगायतका विशेषता पनि रहेको बताइएको छ ।

२०१८ मोडलका सबै क्रेटामा डुअल एयरब्याग, एन्टीलक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेक फोर्स सिस्टम समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here