सामाजिक सञ्जालको लत बढ्दो, ह्वाट्सएपको प्रयोगकर्ता २ विलियन भन्दा धेरै

काठमाडौं । विश्वमा फेसबुक ट्वीटर, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको छ  ।

एक तथ्यांकअनुसार सामाजिक सञ्जाल ह्वाट्सएपको विश्वव्यापी प्रयोगकर्ता २ विलियनभन्दा धेरै पुगेका छन् ।

ह्वाट्सएपको प्रयोगकर्ता २ वर्षको बिचमा नै ५० मिलियन भन्दा धेरै बढेका हुन् । समय समयमा विवादमा आइरहने ह्वाट्सएपमा २ वर्षअघि १ विलियन ५० मिलियन प्रयोगकर्ता थिए ।

ह्वाट्सएपको सबैभन्दा धेरै प्रयोग हाम्रै छिमेकी राष्ट्र भारतमा रहेका छन् । भारतमा ४० करोडभन्दा धेरै मानिसहरुले प्रयोग गर्छन् ।

सामाजिक सञ्जालका सकारात्मक पक्षसँगै यसको बढ्दो प्रयोगले कालान्तरमा मानिसलाई बेखुसी र अलग गराउने विज्ञहरूको राय छ ।

सामाजिक सञ्जालले थाहै नपाई मानसिक स्वास्थ्यमा असर गरिरहेको विज्ञहरूको धारणा छ । मानसिक स्वास्थ्यका अलावा आत्मसम्मान, निद्रा, स्मरण शक्ति तथा एकाग्रतामा समेत यसले नकारात्मक असर पार्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here