२ लाख ६४ हजार जेष्ठ नागरिकको नि :शुल्क स्वास्थ्य बिमा, प्रतिव्यक्ति एक लाख सम्म पाइने

काठमाडौं, ४ फागुन । सरकारले ७० वर्ष उमरे कटेका जेष्ठ नागरिककालागि लागू गरेको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत हालसम्म २ लाख ६४ हजार १ सय ६४ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

जेष्ठ नागरिकलाई लक्ष्यित गरी एक लाख रुपैया सम्मको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत बिमा बोर्डले ती नागरिकको बिमा गरेको हो ।

यो कार्यक्रम अन्तरगत ९२ करोड ४५ लाख ७४ हजार रुपैयाँ प्रिममिय संकलन भएको छ । यो सरकारले ल्याएको निशुल्क बिमा कार्यक्रम हो । यसकारण उक्त बिमा शुल्क जेष्ठ नागरिकले तिर्नु पर्दैन । बिमा बोर्डले सरकारबाट शोधभर्ना लिन्छ ।

यस्तो बिमाले प्रतिव्यक्ति एक लाख रुपैया सम्मको औषधोपचार खर्च व्यहोर्छ । यसका लागि वृद्ध नागरिकले कुनै शुल्क तिर्नु पर्दैन । प्रधानमन्त्री केपी शर्माओलीले गत वैशाखमा ८० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमाको प्रमाणपत्र प्रदान गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।

त्यतिबेला प्रधानमन्त्री ओलीले काठमाडौं डिल्लीबजारका भैरव रिसाल, टोखा ११ का रामचन्द्र पौडेल, भक्तपुर बोडेगाँउका पशुपति महर्जनलगायत ८० जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यसरी सुरु भएको यो कार्यक्रम दश महिनामा २ लाख ६४ हजार जेष्ठ नागरिकसमक्ष पुगेको हो ।

तर, मुलुकभर स्वास्थ्य बिमा कार्यक्रम नपुग्दा सबै जेष्ठ नागरिक स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

७० वर्ष माथीका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्म निशुल्क स्वास्थ्य बिमा गर्ने उद्देश्यले ०७६ वैशाखदेखि उक्त कार्यक्रम सुरु भएको हो । नयाँ वर्षको सुरुवातसँगै गत वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले भब्य रुपमा सो कार्यक्रममा शुभारम्भ गरेका थिए ।

हाल स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको जिल्लाका जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य बिमा सुविधा पाएका छन् ।

बाँकी जिल्लाका जेष्ठ नागरिकले स्वास्थ्य बिमा सुविधाबाट बञ्चित छन् । कार्यक्रम सुरु गर्दा स्वास्थ्य बिमा पुगेको जिल्लाका जेष्ठ नागरिकलाई मात्र नभनेर मुलुकभर लागु हुने भनिएको थियो ।

सरकारले मुलुकभर भनेर घोषणा गरेको निशुल्क स्वास्थ्य बिमा सुविधाबाट केही जिल्लाका जेष्ठ नागरिक बञ्चित हुँदा उनीहरुमाथी अन्याय भएका जानकारहरु बताँउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here