१७ अंकले बढ्यो नेप्से परिसूचक, ५४ करोडको कारोबार

काठमाडौँ, २४ चैत । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.१६ अंकले बढेको छ ।

आइतबार १.४७ प्रतिशतको वृद्धि हुँदा परिसूचक ११८२.३६ अंकमा पुगेको छ । त्यस्तै १६८ कम्पनीका १८ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ५४ करोड ३९ लाखको कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै बैंक समूहको सुचक २८.१९ अंकले बढ्यो । त्यस्तै विकास बैंक १४.९९, होटल १३, वित्त १.८७ र जीवन बीमा ०.१२ अंकले बढेको छ ।

त्यसबाहेक अन्य पाँच समूहको सुचक घटेको छ। सबैभन्दा बढी निर्जिवन बीमा १९.२१ अंकले घट्यो।

आइतबार सबैभन्दा धेरै एनआइसी बैंकको ६ करोड ७१ लख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा एनएमबी बैंकको ३ करोड ३१ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here