प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, ४ फागुन । छापावाल सुनको मूल्य आइतवार प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

शुक्रवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

शुक्रवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।

शुक्रवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here