फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटायो

काठमाडौं, ५ फागुन । फुड डेलिभरी संस्था फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटाएको छ ।

फुडमाण्डुले हाल काठमाडौं उपत्यकाभित्र मात्र ५०० भन्दा बढि रेष्टुरेन्टहरुबाट २०० जना राइडरको सहयोगबाट फुड डेलिभरी सेवा दिईरहेको छ ।

यसबाहेक कम्पनीले ताजा तरकारीहरु, पेय पदार्थहरु र केकहरु फामर्स मार्केट्स, थोक बिक्रेताहरु र प्रमुख होटलहरुबाट समेत डेलिभरी गरिरहेको छ ।

फुडमाण्डुका चिफ टेक्नोलोजी अफिसर समेत रहेका अधिकारी भन्छन्, ‘हामी संस्थागत लगानीकर्ताहरुले गरेको हामीमाथि गरेको विश्वासले अझ उत्साहित बनाएको छ, हालै सुरक्षित गरिएको फण्ड विशेषगरि भौगोलिकरुपमा बिस्तार गर्न उपयोग गरिनेछ ।’

‘हामी फुडमाण्डुजस्तो घरेलु स्तरमा बढ्दै गरेको, नयाँ अर्थ व्यवसायमा लगानी गर्न पाउँदा र यसको भविश्यको वृद्धिमा सहभागी हुन पाउँदा हर्षित भएका छौं,’ टिम भेन्चर्सका संस्थापक तथा सिईओ तेन्जिन गोन्सारले भने ।

टिम भेन्चर्स संस्थागत भेन्चर फण्डको प्रमुख शेयरहोल्डर हो र यसले कयौं जलविद्युत परियोजनाहरुको शेयर लिएको छ । त्यसैगरि प्रमुख बीमा कम्पनीहरुले नेतृत्व गरेको अटो सर्भिसिंग सेन्टर चेनको प्रमुख प्रबद्र्धक पनि हो ।

फुडमाण्डु टिएनएद्धारा गरिएको पहिलो लगानी हो, र यो प्रमुख घरेलु पीईभीसी फर्म हो । यसले वित्तिय सेवाहरु उपलब्ध गराउने, कृषि, प्रविधिमा आधारि व्यवसायहरु जसले ती क्षेत्रहरुमा नै परिवर्तन ल्याएका थिए त्यसमा लगानी गरेको छ ।

फुडमाण्डुको व्यवसाय पछिल्लो ४ वर्षभित्र मात्रै १० गुणाले वृद्धि भएको संस्थाले बताएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here