कोरोनाको कारण घरबाट निस्कन नपाएपछि धावकले घरमै दौडिए ५० किलोमिटर (भिडियो सहित)

काठमाडौं । कोरोना भाइरसको प्रभाव चीनसंगै विश्वभर नै परेको छ । चीनमा कारोनाको लागि उच्च सतर्कता अपनाउदै मासिहरुलाई घरबाट निस्कन बन्देज लगाएको छ ।

यससंगै एकजना चिनियाँ धावकले गरेको कामले सबैलाई अचम्मीत बनाएका छन् । कारोनाको कारण सबै बाटो बन्द हुँदापनि उनको दौडिने काम भने रोकिएन् ।

चीनको सरकारी सञ्चार माध्यमको अनुसार ती धावकले आफ्नो सुत्ने कोठामै ५० किलोमिटर भन्दा धेरै दौडिए ।

रिपोर्टको अनुसार, चीनको हांगझोउ शहरमा बस्ने पेन शांचु नामका ती धावकले लगातार ४ घण्टा ४८ मिनेटसम्म दौडिएका छन् । यो समयमा उनले लगभग ५० किलोमिटर दौडिएको अनुमान गरिएको छ ।

उनले जस्तोसुकै अवस्थामा पनि आफ्नो कामलाई पुरा गर्नैपर्छ भन्ने कारण कोठामै भएपनि दौडिएको बताएका छन् ।

हेर्नुहोस् भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here