बजारमा भित्रियो रिद्धि सिद्धि सिमेन्ट, रोबोटिक सिस्टमबाट उत्पादन

रिद्धिसिद्धि सिमेन्ट प्रालीले यूरोपेली प्रविधिको प्रयोगमा उत्पादित रिद्धिसिद्धि सिमेन्ट औपचारिक रुपमा बजारमा ल्याएको छ ।

नेपालका दुई ठूला व्यावसायीक घराना शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा उत्पादित सिमेन्ट आइतबारबाट नेपाली बजारमा पाइनेछ ।

आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सिमेन्टको अनावरण गरियो । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले संयुक्त रुपमा सिमेन्टको अनावरण गरे ।

कार्यक्रममा कम्पनीका अध्यक्ष आनन्द नेपालले सिमेन्टको उत्पादनको लागि सर्वोत्कृष्ट यूरोपेली प्रविधिको प्रयोग गरिएको बताए ।

कम्पनीले प्लान्टमा भर्टिकल रोलर मिल, सेन्ट्रल कन्ट्रोल रुमको प्रयोग गरेको साथै नेपालमै पहिलोपटक रोबो ल्याब सिस्टमका र लेजर सिल प्याकेजिङ प्रविधिको प्रयोग पनि गरिएको निर्देशक नेपालले जानकारी दिए ।

यी प्रविधिको प्रयोगले सिमेन्टको गुणस्तरमा एकरुपता हुने कम्पनीले दाबी गरेको छ ।

वि.स. २०७३ फागुनमा स्थापित रिद्धिसिद्धि सिमेन्टको फ्याक्ट्री मकवानपुर जिल्लाको हेटौंडा उपमहानगर १५ रातोमाटेमा रहेको छ । कम्पनीमा १० अर्ब लगानी भएको बताइएको छ ।

कम्पनीले हेटौंडा र चितवनमा रहेको आफ्नै खानीबाट ३ हजार टन दैनिक सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here