यसरी लिनुहोस् सस्तो मूल्यमा नेपाल टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक

काठमाडौं, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।

हाल नेपाल टेलिकमको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक जस्ता प्याकहरु उपलब्ध छन् ।

जसलाई ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् । यसरी खरिद गर्नुहोस् ।

एक घण्टा अनलिमिटेड प्याक

यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने व्यवस्था छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ ।

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ ।

अनलिमिटेड नाइट डाटा प्याक

अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि यो प्याक उपयोगी बन्नसक्छ ।

प्याक खरिद गर्ने तरिका

विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ ।

विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै *1415*8 # डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै FDPACK टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।

त्यसैगरी डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै *1415*9*2 # डायल गर्न सकिन्छ । सिधै DVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै *1415*1*5*4 # डायल गर्न सकिन्छ । सिधै NVUNL टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ ।

अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै *1415*3 # डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नु पर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ ।

यी वाहेक कम्पनीको एप ‘नेपाल टेलिकम’ र कम्पनीको वेबसाइट www.ntc.net.np बाट पनि अनलिमिटेड डाटा वा भ्वाइस प्याक सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here