खाद्यान्न वितरणमा भागदौड मच्चिँदा २३ जनाको मृत्यु

काठमाडौं । खाद्यान्न वितरणका समय भागदौड हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको गैरसरकारी संस्थाले सोमबार खाद्यान्न वितरण कार्यक्रममा उक्त घटना भएको थियो ।

रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २३ जनाको मृत्यु र १० जना भने घाइते भएका प्रहरीले जनाएको छ ।

भागदौडमा मृत्यु भएकामध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here