सुपरमार्केटबाट लुटियो ६०० रोल ट्वाइलेट पेपर

काठमाडौं । हङ्‍कङमा अहिले ट्वाइलेट पेपरको चरम अभाव देखिएको छ । कोरोना भाइ्रसको सन्त्रास फैलिएसंगै त्यहाँका मानिसहरुले ट्वाइलेट पेपर किनेर थुपारेपछि हाहाकार देखिएको हो ।

हङकङको एउटा सञ्चार माध्यमको अनुसार हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

मोङ्‌कक क्षेत्रको सुपरमार्केट अगाडि चक्कु बोकेका मानिहरूको एउटा समुहले ट्वाइलेट पेपर लुटेका हुन्।

प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानिय सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here