निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्धारा राहत वितरण

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था्ले बारा र पर्सा जिल्लामा चैत १७ गते आएको विनाशकारी आँधीहुरीबाट प्रभावित व्यक्तिहरु ग्राहक सदस्यहरुकोे घरपरिवारलाई राहत वितरण गरेको छ ।

संस्थाले फेटा गाउपालिका वडा नं. १ र ६, प्रर्सौनी गाउपलिका वडा नं. ४, स्वर्ण गाउपालिका वडा नं. ४ र ६, महागढीमाई नगरपालिका वडा नं. ७, देवताल गाउपालिका वडा नं. ७, परवानीपुर गाउपालिका वडा नं. ४, बिरगंज महानगरपालिका वडा नं. २१, २२, २७ र २८, कलैया नगरपालिका वडा नं. १३ मा बस्ने ग्राहक सदस्य घरपरिवारलाई १३ लाख नगद राहत वितरण गरेको हो ।

संस्थाले हावाहुरी पिडित ग्राहक सदस्य पहिचान गरी थप राहत तथा सहयोग गर्ने पनि बताएको छ ।

संस्थाले ग्राहक संरक्षणका सिद्धान्त बमोजिम बिभिन्न समयमा आउने प्राकृतिक प्रकोपबाट पिडित परिवारलाई राहतका साथै विभिन्न सहयोग निरन्तर गर्दै आइरहेको समेत बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here