सानिमा बैंकको विशेष योजना, खाता खोल्दा डेबिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क

काठमाडौं, ६ फागुन । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्नाहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत बिवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् ।

साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउने छन् । यो योजना फागुन ०७ देखि ११ गते सम्मका लागि लागु गरिएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here