गरीबी निवारण कोषको कार्यशैली परिर्वतन गर्न प्रमको निर्देशन

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण कोष सञ्चालनको कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन् ।

कोषका सञ्चालक समिति अध्यक्षसमेत रहेका उनले संघीय संरचना र स्थानीय तहको क्षेत्राधिकारलाई समेत ध्यानमा राखेर पुनःसंरचना गर्न निर्देशन दिएका हुन् ।

कोषलाई गरीब र विपन्न वर्गको क्षमता विकासमा केन्द्रित हुन र उद्यमशीलता प्रवद्र्धन गर्दै गरीबी निवारणमा ठोस उपलब्धि हासिल हुने गरी कार्यक्रम सञ्चालन गर्न पनि उनले अह्राए ।

प्रधानमन्त्रीले कोषका कार्यक्रमहरु थप पारदर्शी र जवाफदेही ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गरीबी निवारण गर्ने जिम्मेवारी तीन वटै तहको भए पनि सामूदायिक संस्थाहरुको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहकै हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here