स्ववियू चुनाव स्थगित

काठमाडौ,६ फागुन । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको हो ।

त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले बिज्ञप्ती मार्फत स्ववियू चुनाव स्थगित भएको बताएका छन् ।
त्रिविले यसअघि क्याम्पसहरुमा हाल रहेको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल पूरा भएकाले नयाँ स्ववियू चुनाव फागुन १४ गते गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here