धेरै सुत्ने बानी छ ? हुन सक्छ यस्ता समस्या

काठमाडौं । स्वस्थ जीवनशैलीको लागि निन्द्रा आश्यक हुन्छ । आवश्यक मात्रामा सुत्दा स्मणशक्ति बढ्नुका साथै शक्ति संचयपनि हुन्छ । आवश्यक मात्रामा निन्द्रा पुरा नहुँदा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु पनि हुन्छन् ।

एउटा स्वस्थ व्यक्तिको लागि ८ घण्टा सुत्नु सबैभन्दा राम्रो मानिन्छ । तर, यो भन्दा बढी सुत्दा विभिन्न प्रकारका समस्याहरु पैदा हुनसक्छन् । हाम्रो शरीरको लागि आवश्यक पर्ने समयभन्दा धेरै सुत्दा कस्ता प्रकारका समस्याहरु हुन्छन् त यो धेरै मानिसहरुको उत्सुकताको विषय हुनसक्छ ।

आवश्यकता भन्दा धेरै सुत्दा यस्ता समस्याहरु हुन्छन्ः

१. मोटोपन

मोटोपनको मुख्यकारण आवश्यकताभन्दा धेरै सुत्नु हो । यदि तपाईं आवश्यकभन्दा धेरै समय सुत्नुहुन्छ भने शरीमा भएको क्यालोरीको मात्रा खपत हुन् पाउदैन् जसको कारण मोटोपनको समस्या बढ्छ । विभिन्न समयमा भएका अध्ययनहरुको अनुसार धेरै सुत्ने मानिसहरुमा विभिन्न प्रकारका मनोवैज्ञानिक समस्याहरु हुन्छन् ।

२. मुटुसम्बन्धी समस्या

आवश्यकताभन्दा धेरै सुत्ने मानिसहरुमा मुटुसम्बन्धी समस्याको खतरा धेरै हुन्छ ।

३. कमजोर स्मरणशक्ति

दैनिक ८ घण्टाभन्दा धेरै सुत्दा हाम्रो मस्तिष्कले पूर्ण सक्रियताका साथ काम गर्न सक्दैन् । जसको कारण स्मणशक्ति कमजोर हुन्छ ।

४. टाउको दुख्ने समस्या

सामान्यतया धेरै सुत्ने मानिसहरुमा टाउको दुख्ने समस्या धेरै मात्रामा देखिन्छ । धेरै सुत्दा मस्तिष्कको न्यूरोट्रान्समिटरमा उतारचढाप हुने कारण जसको कारण सेरोटोनिन्को मात्रा बढ्दै जान्छ र टाउको दुख्ने समस्या हुन्छ ।

५. मेरुदण्डमा समस्या

धेरै सुत्ने बानीको मारण मेरुदण्ड दुख्ने समस्या हुन्छ । यस्तो किन हुन्छ भने धेरै सुत्दा शरीरमा आवश्यक मात्रामा रगत वारपार हुन पाउदैन् जसको सिधा असर मेरुदण्डमा पर्छ ।

६. डिप्रेशनको खतरा

धेरै सुत्दा मस्तिष्कमा डोपानाइड र सेरोटोनिनको मात्रा कम हुनछ । जसको कारण मानिसहरुमा सानो सानो कुरामा पनि रिसाउने, दुःखी हुने जस्ता समस्याहरु आउछ र डिप्रेशनको सिकार बन्छन् ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here