नेपाली बजारमा भित्रदै आइप्रोका मोबाइल फोन, के के छ विशेषता ?

काठमाडौं । हङकङको स्मार्टफोन कम्पनी आइप्रो नेपाली बजारमा भित्रने भएको छ। आइप्रो ब्राण्डलाई नेपाली बजारमा व्यवसायीक घराना एपेक्स ग्रुपले भित्र्याउन लागेको हो।

नेपालमा एपेक्स ग्रुपले आइप्रो ब्राण्डका फिचर फोनहरु बिक्री गर्नेछ।

कम्पनीका अनुसार सुरुमा र्आप्रोका सीमित फोनहरु मात्रै बच्ने छ भने बिस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउनेछ ।

कम्पनीका अनुसार आइप्रो ब्राण्डका फेशनेबल र लाइफस्टायलसँग जोडिएर उत्पादन भएका फोनहरु नेपालमा ल्याउन लागिएको हो।

के के विशेषता छ फोनमा

आइप्रोका फिचर फोनहरुमा ड्यूल सिम, वायरलेस एफएम, क्यामरा, मेमोरी कार्ड थप्नसकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषताहरु समावेश हुनेछन्।

सन् २००१ मा स्थापना भएको आइप्रो ब्राण्डका फोन अमेरिकी र यूरोपेली बजारमा आइप्रोका फोनहरु निकै रुचाइएको छ ।

आइप्रोले विश्वमै पहिलो पटक ड्यूल सिम ड्यूल स्ट्याण्डबाई जीएसएम मोबाइल फोन सन् २००७ मा लन्च गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here