धितोपत्र बजार लगातार सुधारतर्फ, नेप्से ५ अंकले बढ्दा १ अर्ब ६२ करोडको करोबार

काठमाडौं, ७ फागुन । साताको चौथो दिनपनि धितोपत्र बजारमा देखिएको छ । बुधवार नेप्से परिसूचक ५.२४ अंकले बढेर १ हजार ४ सय ५.२५ अंकमा पुगेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.९९ अंकले बढेर २ सय ९५.९४ अंकमा पुगेको छ ।

बुधवार ट्रेडिङ, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्तको समुहको सूचक बढ्यो भने बैकिङ्ग, होटल, फाइनान्स, निर्जीवन बिमा, जीवन बिमा र सामुहिक लगानी कोष समुहको सूचक घट्यो । बुधवार सबैभन्दा धेरै लघुवित्तको सूचक बढ्यो । लघुवित्तको सूचक ४.३४ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ३.४९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा निर्जीवन बिमा समुहका शेयर धनी छन् । निर्जीवनको शेयर मूल्य ०.७८ प्रतिशत घट्यो । अन्य समुहको भने सामान्य अंकले घट्यो ।

बुधवार १ सय ७७ कम्पनीको ३४ लाख ५५ हजार ६ सय ८२ कित्ता शेयर १५ हजार ५३ पटक किनबेच हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

बुधवार लसबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । आशाको शेयरमूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि शेयर मूल्य १० प्रतिशत नै बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा बहुउद्देश्य फाइनान्स कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ९.५५ प्रतिशत घट्यो । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ३.५७ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट कम्पनीले गर्यो । कम्पनीले १४ करोड ७१ लख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here