डोनाल्ड ट्रम्पः तीन घण्टा भारतमा बिताउँदा १ अर्ब ३६ करोड खर्च !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यहि फेब्रुअरी २४ तारिखमा छिमेकी राष्ट्र भारतको भ्रमणमा आउदैछन् । उनी राष्ट्रपति भएसंगै पहिलोपटक भारतको भ्रमणमा आउदैछन् ।

यस क्रममा ट्रम्प भारतिय शहर गुजरातको पनि भ्रमण गर्दैछन् । सञ्चार माध्यम रायटर्सका अनुसार उनले ३ घण्टा गुजरातमा बिताउदा १ अर्ब ३६ करोड रुपैयाँ अर्थात (८५ करोड भारु) खर्च हुनेछ ।

ट्रम्पको भ्रमणको क्रममा १२ हजार प्रहरी तैनाथ गरिने र त्यसमा मात्रै आधा रकम खर्च हुने बताईएको छ । यसका साथै ४८ करोड रुपैयाँ बाटो चौडा बनाउने क्रममा नै खर्च भईसकेको सञ्चार माध्यममा उल्लेख छ ।

ट्रम्पले गुजरातको क्रिकेट स्टेडियममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त स्टेडियममा १० हजार भन्दा धेरै मानिस अटाउने क्षमता छ ।

साढे ९ करोड रुपैयाँ त ट्रम्प आउने बाटो सजाउनमा नै खर्च हुने बताईएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here