पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोग निषेध, दर्शन गर्न यी चार बाटो हुँदै लाईन

काठमाडौं, ७ फागुन । पशुपतिमा महाशिवरात्रीको तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलनमार्फत सम्ूर्ण तयारी पूरा भएको जनाएको हो ।

कोषका सदस्य सचिव डा।प्रदिप ढकालले पत्रकार सम्मेलन मार्फत पशुपति क्षेत्रमा गाँजा,भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको बताए ।

लागुपर्दाथसँगै पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोग समेत गर्नमा निषेध गरिएको जनाकारी दिए । भक्तजनहरुले चारवटा लाइनमार्फत् पशुपति दर्शन गर्न पाउने उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ ।

त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ । दर्शनार्थीहरुले जुन मार्गबाट प्रवेश गर्छन् त्यही बाटो हुँदै बाहिरिनुपर्ने डा. ढकालले बताए ।

नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेश गर्ने व्यवस्था समेत मिलाइएको छ ।

शिवरात्रीका दिन एयरपोर्ट, गौशाला, चाबहिलको रिङरोडमा भीड हुने भएकोले सवारीसाधनमा आवश्यकता अनुसार यातायात एकतर्फीको व्यवस्था गरिएको छ ।

त्यसको लागि तिलगंगा क्षेत्र, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत तथा ट्राफिक प्रहरी प्रधान गौशाला, सिफल चौर, गुहेश्वरी पारी गरी पाँच स्थानमा पार्किङको व्यवस्था मिलाइएको समितीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here