शिवरात्री मनाउने नाममा गाँजा खाँदै हुनुहुन्छ ? यस्तो छ गाँजाको असर

काठमाडौं । शिवरात्री पर्व मनाउने नाममा खुलेरै लागुपदार्थ गाजा खानेहरु पाईन्छन् । त्यसो त शिवरात्रीलाई खुल्ला रुपमा बिकृति फैलाउने र गाँजा तथा भाङ खाने पर्वका रुपमा लिएको पाइन्छ ।

प्रहरीले कडाई गरेपनि प्रहरीको आँखा छलेर पशुपति क्षेत्रमा साधुहरुले लुकेर गाँजा बेचिरहेका हुन्छन् ।

भगवान शिवले भांङ, धतुरो आदि विभिन्न पदार्थहरू सेवन गर्ने र एक पौराणिक कथा अनुसार विष समेत पिएको हुनाले भाङ प्रयोग गरी शिवजी जत्तिकै शक्तिशाली या कमसेकम उनको भक्त ठान्ने बाबाजीहरू शिवरात्रीको बेलामा भेटिन्छन् ।

त्यही मौकामा गाँजा तान्ने र भांग खाने-पिउने युवायुवती पनि भेटिन्छन् । त्यतिमात्र होईन कैयौ सेलिब्रेटी तथा सामाजिक व्यक्तित्वहरु समेत यसमा जानी-नजानी सामेल हुने गरेका छन् ।

जसले उनीहरुले सामाजिक जीवनमा ठुलो हैरानी समेत बेहोर्नुपरेको सुन्न पाइन्छ । एउटा गाँजा को विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् ।

यिनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर पु¥याउछ भने यसको दीर्घ सेवनले डिप्रेसन, आत्तिने रोग र कडा मानसिक रोग (साइकोसिस) हुने गर्दछ ।

गाँजाको असर

यसको प्रयोगले मानिसको मनमस्तिष्क र शरीरमा विविध असरहरु उत्पन्न हुन्छ । मानसिक रुपमा यसको सेवनपछि तत्कालीन असर स्वरुप कतिलाई छट्पटी र मनोत्राससम्म भएको देखिन्छ ।

कतिपय मानिसलाई केहि कुरामा ध्यान केन्द्रित हुने, सोचबिचार र एकाग्र हुने गर्ने, केहि अवस्थाप्रति स्वतः प्रतिक्रिया जनाउने र निर्णय लिने क्षमतामा प्रतिकूल असर गर्छ ।

त्यस्तै कतिपय मानिस छट्पटाउने, डराउने, रुने, कराउने आदि हुन्छ । जबकि अरुलाई यसको असर रहुञ्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पिडारहित अनुभव दिन्छ ।

शारिरीक असरहरु पनि हुन्छन्, जस्तैः मुटुको चाल बढ्ने, रक्तचाप बढ्ने, सास छिट्छिटो फेर्ने, आँखा रातोपिरो हुने, मुख सुक्ने, भोक लाग्ने आदि ।

दिर्घकालीन र अत्याधिक सेवनले यसकै लत र दुव्र्यसन हुनेगर्छ र अरु विभिन्न मानसिक शारिरीक तथा जटिलताहरु पनि निम्तिन्छन् ।

कतिलाई अरु अझै हानिकारक लागुपदार्थको समस्यातिर धकेल्ने,उदासिन, पागलपन, छट्पटी लगायत्दख धेरैखालका मानसिक समस्याहरु उव्जिने तथा शारिरीक दृष्टिले कुपोषण, क्षयरोग एड्स लगायतका संक्रमणहरुको सम्भावना बढ्ने गरेको देखिन्छ ।

यस्ता मानसिकरोगको सम्भावना वंशानुगत र अन्य हिसाबले भएका व्यक्तिहरुमा यसको सेवनले सुरुवात हुनमा सघाउ पुयाउने गर्छ ।

यसले मानसिक समस्या, विशेष गरेर स्किजोफ्रेनिया जस्ता कडा मनोरोग भैसका स्थितिमा रोगलाई जीर्ण र अरु गम्भीर बनाउनपनि भुमिका खेल्नेगर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here