स्टार्टअप र इनोभेसनमा उत्साह थप्दै सकियो क्यान इन्फोटेक, झण्डै ४ लाखको अवलोकन

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ ।

काठमाण्डौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले जनाएको छ ।

१ सय ७४ वटा स्टल राखिएको प्रदर्शनीमा यस पटक नयाँ आविष्कार र सूचना प्रविधिको क्षेत्रलाई महत्व दिईएको थिया् ।

प्रविधिमा रुची राख्नेहरु उत्साहित

स्टार्टअप र इनोभेटिभ व्यवसाय गर्नेहरुलाई २६ वटा स्टल निःशुल्क उपलब्ध गराइएको थियो । त्यस्तै, सूचना तथा सञ्चार प्रविधि (आईसिटी) पढाई हुने कलेजहरुका प्रोजेक्टहरुलाई पनि अलग्गै स्थान दिइएको थियो ।

प्रदर्शनीमा विद्यालय व्यवस्थापन, ई(टिकेटिङ तथा युटिलिटी पेमेन्ट, रगत संकलनमा सहयोग गर्ने एप, स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेनट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्किल सेवा, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल रहेका थिए ।

त्यस्तै, सूचना प्रविधि विषयको पढाई हुने कलेजहरुका प्रोजेक्टलाई पनि छुट्टै स्थान दिइएको थियो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले यसपटकको प्रदर्शनीले क्यान इन्फोटेकमा सामान किनबेच मात्रै हुन्छ भन्ने भ्रम चिर्न सफल भएको बताए ।

‘सामान किनबेच अनलाइनबाट पनि हुन थाल्यो, क्यान इन्फोटेकमा नयाँपन दिन हामीलाई चुनौती थियो, यसपटकको प्रदर्शनीमा हामीले कारोबारलाई भन्दा पनि ज्ञान आदानप्रदानलाई जोड दियौं र सफल पनि भयौं,’ अध्यक्ष कुँवरले भने ।

सूचना प्रविधिको आविष्कारमा नयाँ पुस्ताको आकर्षणबाट स्वयम् क्यानले पनि धेरै कुरा सिक्न पाएको र सरकारसँग सहकार्य गरेर आविष्कारको क्षेत्रमा लाग्नेहरुलाई सधैँ साथ दिने उनको भनाई थियो ।

छूट अफरले थप आकर्षक बन्यो प्रदर्शनी

यस पटकको क्यान इन्फोटेकमा विभिन्न कम्पनीले दिएको छूट अफरमा दर्शकको विशेष चाँसो देखिएको थियो । एनसेलले १ रुपैयाँमै सिमकार्ड उपलब्ध गराएको थियो भने भ्वाइस कल र डाटा प्याकमा आकर्षक अफर समेत दिएको थियो ।

यस्तै इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक, सुविसु, भायनेटलगायतका कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि विभिन्न प्याकेजहरु दिएका थिए ।

मोबाईल, एसेसरिजलगायतका सामानमा बिभिन्न ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न अनेक छूट तथा अफरहरु राखेका थिए । केही कम्पनीले ५० प्रतिशतसम्म छूट दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here