सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन गर्नुपर्छः साझा पार्टी

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरुन्तै बर्खास्त गरी छानविन गर्नुपर्ने साझा पार्टीले बताएको ।

मन्त्री बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौं रकमको कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएसंगै साझा पार्टीले विहिवार विज्ञप्ती निकाल्दै तुरुन्त बर्खास्त गरी छानविन गर्नुपर्ने माग राखेको हो ।

पार्टीले वि.सं. २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गर्नुपर्ने पनि माग राखेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here