एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी लक्षित वित्तिय सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो द्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।

यस सम्झौतासंगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारीखेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुरÞ्याउनका लागि संयुक्त प्रयास गर्ने बताईएको छ ।

यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।

२०५१ साल देखि वाणिज्य बैंकिंग क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभरि ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here