कोरोनाभाइरसः जापानको पानीजहाजमा सङ्क्रमण भएका दुई यात्रुको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको पाईएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टीनमा राखिएको एउटा क्रूज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ।

जापानी सञ्चार माध्यमको अनुसार ती दुवैजनामा दिर्घरोग पनि थियो र दुवै ८० वर्षभन्दा माथिका थिए ।

३,७०० जना सवार उक्त पानीजहाजमा भएका ६२१ जनामा कोरोनाभाइरस भएको पुष्टि भएको थियो ।

घट्न थाल्यो चीनमा संक्रमण

चिनियाँ सञ्चार माध्यमहरुको अनुसार चीनको हुबे प्रान्तमा नयाँ सङ्क्रमणको सङ्ख्या घटिरहेको छ ।

मंगलवार कुल १ हजार ७०० मानिसमा नयाँ संक्रमण देखिएकोमा बुधवार केवल ३४९ जनामा मात्रै नयाँ संक्रमण पाईएको बताईएको छ ।

बुधवार सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०८ बताइएको छ। अधिकांश मृत्यु हुबेको राजधानी वुहानमा भएको छ।

दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या भने बढेको छ। त्यहाँ कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३० बाट ८२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here