नेप्से परिसूचक साढे २९ अंकले बढ्दा धितोपत्र बजारमा इतिहासकै सबैभन्दा धेरै कारोबार

काठमाडौं । धितोपत्र बजार साताभर नै सकारात्मक देखियो । साताको अन्तीम दिन आज नेप्से परिसूचक २९.३२ अंकले बढेर १ हजार ४ सय ३४.५७ अंकमा पुगेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो सेन्सेटिभ इन्डेक्स ४.५० अंकले बढेर ३००.४४ अंकमा पुगेको छ । यो संख्या बुधवारको तुलनामा १.५२ प्रतिशत बढी हो ।

विहिवार कारोबारमा आएका मध्ये ट्रेडिङ र सामुहकि लगानी कोष बाहेक अन्य सबै सम्ुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक १.१ प्रतिशत घट्यो भने सामुहिक लगानी कोष ०.३९ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक ६.३५ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बिमाको ५.५५ प्रतिशत, जीवन बिमाको ४.७६ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

इतिहासकै सबैभन्दा धेरै कारोबार

विहिवार धितोपत्र बजारको इतिहासकै सबैभन्दा धेरै कारोबार भएको छ । यसअघि वि.स. २०७३ सालमा २ अर्ब ७५ करोडको कारोबार भएकोमा आज १ सय ८० कम्पनीको ५८ लाख २९ हजार ५ सय १० कित्ता शेयर २३ हजार ९०० पटक किनबेच हुँदा २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९ सय ८ रुपैयाँ बराबरको कारोबार भयो ।

यो धितोपत्र बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा ठूलो रकमको कारोबार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here