क्लाउडपत्रिकाका संवाददाता पप्पु गुरुङ्गमाथि कुटपिट

काठमाडौं, ८ फागुन । समाचार संकलनका लागि गएका क्लाउडपत्रिकाका दोधारा–चाँदनी संवाददाता तथा स्थानीय पत्रकार पप्पु गुरुङ्गलाई प्रहरी कुटपिट गरेको छ ।

कञ्चनपुरको दोधारा–चाँदनीमा शंकर थापा आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई धरौटीमा छोडेको भन्दै स्थानीयद्वारा गरिएको आन्दोलनमा समाचार संकलनमा पुगेको गुरुङ्गलाई प्रहरीले लाठी प्हार गरि घाईते बनाएको हो ।

बिहिवार दोधारा–चाँदनीका स्थानीयहरुले मृतक थापालाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई धरौटीमा छोडेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा–चाँदनी अगाडी आन्दोलन गरेका थिए ।

उक्त आन्दोलनको रिर्पोटिङ गर्न पुगेका पत्रकार गुरुङ्गलाई प्रहरी निर्मम तरिकाले लाठी प्रहार गर्दै घाइते बनाएको हो ।

आफु पत्रकार भएको र रिर्पोटिङका लागि आएको जनाउँदा समेत प्रहरी तथानाम गाली गलौच गर्दै कुटपिट गरेको पत्रकार गुरुङ्गले बताए ।

प्रहरी लाठी प्रहारबाट पत्रकार गुरुङलाई माथिल्लो शरिर र खुट्टामा गहिरो चोट पटक लागेको छ । स्थानीय स्वास्थ्यकर्मीको उपचार पश्चात पत्रकार गुरुङ्गको शरिरको चोट पटकमा केहि राहत भएको परिवार स्रोतले जनाएको छ ।

उक्त घटनामा प्रहरीद्वारा प्रत्रकार गुरुङ्ग कुटिएको घटना प्रति घोर भत्र्सना गर्दै नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले बिज्ञप्ती जारी गरेको छ ।

उक्त विज्ञप्तीमा पत्रकार गुरुङ्गलाई कुटपिट गर्ने प्रहरीलाई तत्काल कारबाही गर्न जोडदार माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here