मौसम बद्ली: देशैभर वर्षाको सम्भावना

काठमाडौं, ९ फागुन । मौसममा बद्ली भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमदेखि पूर्वसम्मै वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाको भनाई छ ।

यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।

यतिबेला काठमाडौं उपत्यकाको आकाशमा बादल मडाइरहेको छ भने मौसम धुम्म परेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ९ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ।

फागुन १० गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थान र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ।

राति : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।

फागुन ११ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

राति : देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here